arrow

सहकारी प्रकरणमा फरार लेखा समिति सभापति ऋषिकेषकी पत्नी अञ्जला अदालतमा उपस्थित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
anjala-koirala-rishikesh-po.jpg

विराटनगर । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् ।  मोरङको धनपालथान ३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी उनी बुधबार जिल्ला अदालतm मोरङमा उपस्थित भएकी हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध गत मंसिर २७ गते मुद्दा दायर गरेको थियो । 

मुद्दा दायरपछि फरार भएकी विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला बुधबार आफैँ अदालतमा उपस्थित भएकी हुन् । 

उनको थुनछेक बयान न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा हुने गरी पेसी तोकिएको छ। 

अञ्जलासहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । अन्य फरार छन् भने रोशन राजवंशी पक्राउ परिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ