arrow

आशा

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ पुष २७ शनिबार
beti-bajracharya-81-9-27.jpg

अचानक निद्राबाट ब्युँझिएँ म
पुस महिना
अत्यन्त चिसो मौसम
तरकारी बारीतिर आँखा पर्यो 
अत्यन्त प्रफुल्लित पारा थियो 
बोटबिरुवाहरू चराचुरुङ्गीलाई 
दाना छर्दैै रहँदा 
वरिपरि दृष्टि गयो 
टक्क रोकिए मेरा पाउ
छरपष्ट हेर्न पुगेँ ती आँपका रूखका पातहरू
काटिसकेको रहेछ नानीले 
त्यो हाँगाबिँगा बढेर घरको झ्यालमै पसिसकेको थियो 
मैले केही गर नानी भनी अर्हाएकी थिएँ 
उनले पनि म बाहिर गएको बेला 
चट्ट काटिसकेकी रहिछन् 
तर दुर्भाग्य 
भुइँमा छरिएका पातहरू 
मेरो अगाडि सुँक्क सुँक्क रोए 
मैले पुलुक्क हेर्दै विस्तारै भनिरहेँ 
नानीहरू हो चिन्ता नगर भुइँमा यसरी फालिएकोमा
पर्ख पर्ख
फेरि नयाँ मुना पलाएर आउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ