arrow

रविको थुनछेक बहस सकियो, जाहेरीवालाको शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
ravi-ktm-court.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । लामिछानेको तर्फबाट थुनछेक बहस सकिएपछि अब जाहेरीवालाकोतर्फबाट शुरू भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा सो बहस भइरहेको हो । हिजो सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेपछि लामिछाने हिजो प्रहरी हिरासतमा थिए । तर आज उनी कार्यालय खुल्ने बित्तिकै अदालतल पुगेका थिए । 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीवार साँझ ६५ लाख धरौँटी बुझाएर पोखराबाट छुटेका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ