arrow

तारुकामा जुधाइयो १३ हल गोरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
goru-judhai-nuwakot-2081-(1.jpg

नुवाकोट । माघेसङ्क्रान्ति पर्वको अवसरमा मंगलबार नुवाकोटको तारुका, बेत्रावतीलगायतका स्थानमा गोरु जुधाइ प्रदर्शनी आयोजना गरिएको छ।

माघेसङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीको क्रममा यस वर्ष नुवाकोटको तारुकामा १३ हल, बेत्रावतीमा ११ हलसहित जिल्लाका विभिन्न स्थानमा यस्तो कार्यक्रम आयोजना गरिएको हो।

तारकेश्वर गाउँपालिका ३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतसहितले अवलोकन गरे।

यसअघि दर्ता भएर जुधाउन १४ हल तयारी अवस्थामा राखेको भए पनि एउटा गोरुको स्वास्थ्यमा समस्या देखिएसँगै १३ हल गोरु जुधाइएको हो।

गोरु जुधाइको अवलोकनपश्चात् मुख्यमन्त्री तामाङले पशु अधिकारको रक्षा गर्दै संस्कृतिको जगेर्ना, पर्यटन प्रवर्द्धन र खेलकुदको एक विधाको रूपमा गोरु जुधाइलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। त्यसका लागि विषयगत मन्त्रालयसँगको सहकार्यमा आवश्यक कार्य अगाडि बढाइने उनले प्रतिबद्धता जनाए।

गोरु जुधाइ प्रदर्शनीमा विजेता र उपविजेता भएका गोरुका धनी (किसान) लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। जुधाइमा संलग्न भएका गोरुको प्रस्तुति, जुधाइको कलाकौशल गराएका र विजेता भएका सबै गोरुका धनीलाई भिन्नभिन्न विधामा सम्मान गरिएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए।

यसै अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीमा ११ हल गोरु जुधाइएको छ। गोरु जुधाइ प्रदर्शनी कार्यक्रमका संयोजक सुरज लवटले किसानले पालेका मध्येबाट छनोट गरेर जुधाई प्रदर्शनी गरिएको जानकारी दिए।

कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठले कला, संस्कृति र इतिहाससँग जोडिएको गोरु जुधाइ संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले पछिल्ला वर्षमा नगरपालिकाको आर्थिक सहयोगसहित सहआयोजकको रुपमा भूमिका निर्वाह गर्दै आएकामा आगामी दिनमा वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर थप सहयोग गरिने बताए।

माघेसङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका ५ दुई पिपल, लिखु गाउँपालिका ३ सूर्यमती, पञ्चकन्या गाउँपालिका(३ पिपलडाँडा र नुवाकोटसँग सीमा जोडिएका धादिङका विभिन्न स्थानमा समेत गोरु जुधाइ प्रदर्शनी गरेर किसानले माघेसङ्क्रान्ति पर्व हर्षोल्लासका साथ मनाएका छन्।

गोरु जुधाइ प्रदर्शनीको सुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ। 

गोरु जुधाई प्रदर्शनीको शुरुआत विभिन्न इतिहाससँग जोडेर उल्लेख गरे पनि त्यसको कहीँकतै यकिन तथ्य भने नभएकाले धेरै वर्ष पहिलादेखि नुवाकोटका विभिन्न गाउँठाउँमा यस परम्पराको थालनी भएको पाइन्छ ।

१, तारुकामा २०६३ सालदेखि गोरु जुधाईलाई व्यवस्थित रुपमा मनाउन थालिएको हो भने वेत्रावतीमा २०७३ सालदेखि मनाउन थालिएको हो ।  

२, गोरु जुधाईलाई प्रतियोगिता भन्दा पशुअधिकारकर्मीले प्रश्न उठाए, बिरोध जनाए त्यसपछि अहिले यसलाई प्रदर्शनीको रुपमा मनाइने गरिएको छ ।

३, गोरु जुधाईलाई स्थानीय सरकार सहित पर्यटन बोर्डबाटसमेत आर्थिक सहयोग प्राप्त भएको छ ।

४, गोरु जुधाईका प्रचलनमा विभिन्न ईतिहास उल्लेख भएपनि त्यसको कुनै यकिन तथ्याङ्क पाइन्न ।

५, हालसम्म कुनै अप्रिय घटना भएको पाइन्न । जस्तै गोरु जुधाईबाट गोरु घाइते भए पनि मरेको, दर्शकलाई गम्भीर घाइते बनाएको पाइन्न ।

६, स्थानीय भन्दा पनि नुवाकोट बाहिरका दर्शकको चासो र सहभागिताले पर्यटन प्रवर्धनमा र्वद्धि भएको छ ।

७, तारुकालाई सिको गर्दै वेत्रावती सहित अहिले नुवाकोट र धादिङको करिब आधा दर्जन स्थानमा प्रदर्शनीको आयोजना हुने गरेको छ।

goru-judhai-nuwakot-2081 (1).jpeg
goru-judhai-nuwakot-2081 (1).jpg
goru-judhai-nuwakot-2081 (2).jpeg
goru-judhai-nuwakot-2081 (2).jpg
goru-judhai-nuwakot-2081 (3).jpg
goru-judhai-nuwakot-2081 (4).jpg
goru-judhai-nuwakot-2081 (5).jpg
goru-judhai-nuwakot-2081 (6).jpg
goru-judhai-nuwakot-2081 (7).jpg
goru-judhai-nuwakot-2081 (8).jpg
goru-judhai-nuwakot-2081 (9).jpg
goru-judhai-nuwakot-2081 (10).jpg
goru-judhai-nuwakot-2081 (11).jpg
goru-judhai-nuwakot-2081 (12).jpg
goru-judhai-nuwakot-2081 (13).jpg
goru-judhai-nuwakot-2081 (14).jpg
goru-judhai-nuwakot-2081 (15).jpg
goru-judhai-nuwakot-2081 (16).jpg
goru-judhai-nuwakot-2081 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ