arrow

जय ट्रफीको उपाधि पुलिस क्लबलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
jay-trophy-81-final.jpg

काठमाडौँ । जय ट्रफी क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिस जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन भएको हो ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मीलाई ७४ रनमा समेट्न सफल भएको हो ।

आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए भने पुलिसका सागर ढकालले ६ र ललितनारायण राजवंशीले ४ विकेट लिए । 

पुलिस दोस्रो इनिङ्समा १३९ रन बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो । ९ विकेटको क्षतिमा १३२ रनको स्थितिमा तेस्रो दिनको शुरूआत गरेको पुलिसले ७ रन थप्दा बाँकी एक विकेट गुमाउन पुग्यो । 

पुलिसका लागि कुशल भुर्तेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमित श्रेष्ठले १३ रन जोडे भने आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ