म के गरुँ
आश भने कतै
कोहीसँग छैन
तर मैले गर्ने आश
मरेको पनि त छैन
मान्छु हार्या छु कतिचोटि
तर कोसिस गर्न छोडेको पनि त छैन
लड्दा आफूलाई कतिचोटि उठाएकी छु
एक्लै भित्रभित्रै रोएर
बाहिर साहस जुटाएकी छु
बिना गल्ती पनि
कतिसँग झुकिरहेकी छु
सबैको वचन सबैको कुरा सुनिरहेकी छु
को आफ्नो को पराई सब बुझिरहेकी छु
बुझिरहेकी छु मनबाट
यसको कहिल्यै फलिफाप नहोस् भन्दै
बाहिरबाट आशीर्वाद दिनेहरु
सबैको हिसाब छ मसँग
एकदिन त कसो नआउला र सुखको दिन
एकदिन कसो नसकिएला लागेको ऋण
गर्दिनँ तुलना म अरुसँग
मेरो लडाइँ आफैँसँग चलिरहेको छ
बुझे मैले यतिले पुग्दैन
अझै धेरै मेहनत मैले गर्नै पर्छ ।