arrow

आफ्ना अभिभावक

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ माघ ५ शनिबार
beti-bajcharya-81-10-5.jpg

आकाशको मस्तिष्कमा नयाँ नयाँ योजना आइरहन्थ्यो 
बादल र मेघले सहयोग लिन चाहे
थाहा थियो आकाशलाई 
वर्षा बिना घरतीका प्राणी बाँच्न सक्दैनथे
आकाशले फकाउन थाल्यो मेघराजलाई
मेघले पनि आकाशलाई साथ दियो 
मित्रताको हात बढाउन पहल गर्यो धरतीसँग
हात पनि मिलाए
त्यहीबेला भूकम्पको ठूलो कम्पन आयो 
जनजन त्राहिमाम् त्राहिमाम् भयो 
उनीहरु नारायण ! नारायण ! पुकारिरहेका थिए 
बामन अवतार प्रकट भए 
भूकम्प त भगवान् नारायणको लिला थियो 
सोधे बामनले बादल ! मलाई के दिन्छौ ? 
बादलले गर्वसाथ मुस्कानसहित भने
जे इच्छा त तयार छु दिन
त्यही बेला नारायण भगवानको अवतार बामनले 
आफ्ना पाउ बढाए 
हेर्दाहेर्दै धरती आकाश अनि पाताल 
सम्पूर्णमा बामनको पाउ परिसकेको थियो 
धरतीका जनताले राहत महसुस गरे 
आफ्ना अभिभावकको दर्शन प्राप्त गरिसकेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ