arrow

लोकतान्त्रिक अपाङ्ग संघको रुपन्देहीमा नयाँ समिति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
apaganga-sangh-rupendehi.jpg

बुटवल । नेपाली कांग्रेसको भ्रातृस‌गठन  राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ जिल्ला अधिवेशन सकिएको छ । अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । 

अध्यक्षमा विष्णुबहादुर थापा, उपाध्यक्षमा सुनिल सुवेदी, सचिवमा सुबी गुरुङ, सहसचिवमा मुक्ति पाण्डे भएका छन् । कोषाध्यक्षमा नेत्रकुमारी मल्ल तथा सदस्यहरुमा लक्ष्मी न्यौपाने र दिनकुमारी चौधरी चयन भएका छन् । 

कांग्रेस जिल्ला कार्यसमितिका हुमनाथ अविकारीको अध्यक्षता, कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीका सभापति  रामकृष्ण खाँणको प्रमुख आतिथ्यता र  बुटवल उप-महानगर पालिकाका सभापति खेलराज पाण्डे तथा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य सुशीला केसीका साथै कल्पना ढकाल, हरि पोखरेल, सासिक पाण्डे, कालिका अधिकारी, कोपिला भट्टराई काफ्लेको विशेष आतिथ्यतामा समिति गठन गरिएको हो ।

नयाँ समिति अध्यक्ष थापाले असल शासन र जवाफदेहिता एक–अर्काका अभिन्न अङ्ग भएकाले यसलाई  पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ