arrow

धोबिखोला करिडोरमा बनाइएका संरचनामाथि चल्यो डोजर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
dozer-dhobikhola.jpg

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको भवनहरू भत्काउन शुरु गरेको छ । आइतबार प्राधिकरणको टोलीले काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालय नजिक रहेका भवनहरू भत्काउन शुरु गरेको हो । 

भवन बनाउँदा सरकारी जग्गा मिचेर बनाएकाले भवन भत्काउनु परेको प्राधिकरणको भनाइ छ । सो क्रममा स्थानीयहरूले केही बेर अवरोध समेत गरेका थिए ।

मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्यअनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ । धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ