arrow

सुजीको हलुवासहितको बिहे भोज खाँदा ५७ जना बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
Adharsa_Gaunpalika.png

धनगढी । डोटीमा बिहेको भोज खाएका ५७ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ का नरबहादुर विककी छोरीको विवाहको भोज खाएकाहरू बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, डोटीले शनिबार दुलही पक्षका व्याक्तिहरूले सुजीको हलुवालगायतका खानाका परिकार खाँदा ५७ जना बिरामी भएको जनाएको छ।

बिहेको भोज खाएकाहरूमा तीन जनालाई ज्वरो आउने, बान्ता र पखाला हुने समस्या देखिएको थियो। शनिबार बिहेको भोज खाएका ५७ जना बिरामी भएका हुन्। 

उनीहरूलाई स्थानीय स्वास्थ्य चौकी, बाँझमा उपचारका लागि लगिएको थियो। बिरामीहरूको रगतको नमूना संकलन गरेर जिल्ला अस्पताल डोटीमा परीक्षणका लागि पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ