arrow

महानगर यातायातले थप्यो ४० नयाँ बस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १० बिहिबार
mahanagar-yatayat.jpg

काठमाडौँ । महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको हो । काठमाडौँको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो । 

नयाँ बसहरू थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रा.लि.ले जनाएको छ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रा.लि.लाई हस्तान्तरण गरेको हो । नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरूमा पनि सेवा बिस्तार गरेको महान्ग्र यातायात प्रा.लि.का उपाध्यक्ष सन्तोष खतिवडाले बताए । 

आजदेखि नै महानगर यातायातले काठमाडौँको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलान्चोक बनेपा हुँदै धुलिखेलसम्मका रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न शुरु गरेको बताए । साथै महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी गराए । 

उहाँले महानगर यातायात प्रा.लि.ले छिटै नै १० वटा विद्युतीय बसहरू समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए । एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरू सञ्चालन गर्ने तयारी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ