काठमाडौँ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहान काठमाडौँको धुम्बाराहीस्थित एक होटेलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिकबारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने बताइएको छ ।