arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ हुम्लामा शाही सर्वसम्मत 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ माघ १२ शनिबार
humla-loktantrik-apanga-sangh-2081.jpg

हुम्ला । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ हुम्लाको प्रथम जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार सदरमुकाम सिमकोटमा सम्पन्न भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ हुम्लाको पहिलो जिल्ला अधिवेशन हो ।  अधिवेशनले धीरबहादुर शाहीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो । 

उपाध्यक्षमा दिपेन्द्र भण्डारी, सहसचिवमा मीनबहादुर शाही, सहसचिवमा धनलाल कामी र कोषाध्यक्षमा अस्मिता ऐडी चयन भएका छन् ।  यस्तै सदस्यमा बलबहादुर थापा, दत्त बुढा, मदन ऐडी, सत्यराज सिंह, केसीकला भण्डारी, शुक्रराज परियार, नरेन्द्र भण्डारी र अमरसिंह बुढा चयन भएका छन् ।

नयाँ कार्यसमितिले अपाङ्गताको क्षेत्रमा स्थानीय स्तरमा देखिएका चुनौतीहरूको समाधानमा केन्द्रित भई अपाङ्गता, श्रवण पूर्ण अशक्त दृष्टिविहीन अपाङ्गता, बौद्धिक अपाङ्गता, अटिजम वा मनोसामाजिक अपाङ्गता भएका दैनिक रूपमा निरन्तर हेरचाह तथा सहयोग आवश्यक पर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिका लागि परिवारको कुनै सदस्य वा संरक्षक नभएको अवस्थामा सम्बन्धित स्थानीय तहमार्फत उपलब्ध हुने हेरचाह तथा स्याहारको सेवा र दैनिक जीवनयापन सीप, सामाजिकीकरण सीप लगायतका सेवाका लागि बहस पैरवी गर्न आवश्यक रहेको कार्यक्रममा बोल्ने वक्ताहरुको भनाइ रहेको थियो । 

कांग्रेस जिल्ला कार्यसमितिका  कार्यवाहक सभापति कैलाश भण्डारीको अध्यक्षता, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य जनकबहादुर शाहीको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा कांग्रेस जिल्ला कार्यसमिति पदाधिकारी, गाउँपालिका तथा प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु र  कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ हुम्लाको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै  कार्यवाहक सभापति भण्डारीले सबैलाई जोड्न सक्ने इतिहास कांग्रेसले मात्र बनाएको उल्लेख गर्दै अपाङ्गता भएकाहरुको हकहित सुनिश्चित गर्न हामी सबै एकढिक्का भएर लाग्नु पर्नेमा जोड दिए । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ यतिबेला देशैभरि अधिवेशनमा व्यस्त रहेको छ । लामो समयदेखि हुन नसकेका नेपाली कांग्रेसका भ्रातृ संगठनमा यो वर्षभित्र जसरी पनि अधिवेशन गर्ने पार्टीको निर्देशन बमोजिम देशभर धमाधम अधिवेशन चलिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ