arrow

एक करोड रुपैयाँ बैंक धरौटी बुझाएर छुटे रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
ravi-lamichane-81-9-28y.jpg
तस्बिर – फाइल ।

बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी मागेसँगै उक्त रकम बुझाएर रवि छुटेका हुन् । 

यसअघि झैँ यसपालि पनि प्रभु बैंक ग्यारेन्टी बसेको छ । बैंक धरौटी बुझाएर रवि छुटेका हुन् । 

यसअघि  थुनछेक बहससँगै अदालतले आइतबार बेलुकी दिएको आदेशमा रिहा हुन एक करोड रुपैयाँ धरौटी मागेको थियो ।

बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध शुरू भएको थुनछेक बहस आज सकिएसँगै आदेश दिएको हो । अदालत परिसर बाहिर रविका समर्थकहरुको बाक्लो उपस्थिति र सुरक्षाकर्मीको संख्या पनि उल्लेख्य रहेको अवस्थामा उक्त आदेश आएको हो । 

उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । रुपेन्देहीपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । 

ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

सरकारी वकिलको तर्फबाट शुक्रबारै बहस सकिएको भए पनि लामिछानेको तर्फबाट केही वकिलको बहस बाँकी रहेकाले आज उनी अदालतमा उपस्थित भएपछि बहस शुरू भएको थियो ।

सहकारी ठगीमा बुधबार पहिलो पटक रवि रूपेन्देही अदालतमा उपस्थित भएका थिए । सो दिनपछि हाजिरी जमानीमा रिहा भएका थिए । 

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बोलाएको समयमा उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको थियो ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।

 प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ