arrow

पूर्वराजा गोरखपुर जाँदै, आदित्यनाथसँग सँगै पूजा गरी खिचडी चढाउने, महाकुम्भमा जान सक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १७ बिहिबार
xking-gyanendra-komal_1617670243.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । भैरहवामा रहेका पूर्वराजा पूर्वरानीसँगै दिउँसो गोरखपुर जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले बताए । 

पूर्वराजाले गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । 

गोरखनाथ मन्दिरमा पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सँगसँगै पूजा अर्चना गर्नेछन् । सो अवसरमा आदित्यनाथसँग विभिन्न समसामयिक विषयमा कुराकानीसमेत हुनेछ । 

पूर्वराजा प्रयागराजमा चलिरहेको महाकुम्भमा पनि सहभागी हुन सक्ने आँकलन गरिएको छ । यद्यपि अहिलेसम्म टुंगो भने लागिसकेको छैन । 

योगी आदित्यनाथले पूर्वराजा शाहलाई सँगसँगै महाकुम्भमा लैजान सक्ने सम्भावना देखिएको छ । 

पूर्वराजाको भ्रमण करिब एक साताको हुनेसमेत स्रोतले बताएको छ । यद्यपि फर्कने समयको टुंगो भने लागेको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ