arrow

अमेरिकामा उडान भरेको तीस सेकेन्डमै जहाज दुर्घटना, छ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १९ शनिबार
plane-crash-usa-afp.jpg

वाशिङ्टन डीसी । अमेरिकाको फेलाडेल्फियामा जहाज दुर्घटनामा परेको छ । पेन्सिल्भेनिया राज्यको फेलाडेल्फियामा शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको हो । 

फक्स न्यूजका अनुसार ६ जना मारिएका छन् । जसमा दुई चिकित्सक, दुई पाइलट, एक यात्रु र एक पारिवारका सदस्य रहेको बताइएको छ । 

फेडेरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार लियरजेड ५५ नामक यो विमान स्थानीय समयअनुसार साँझ ६ः३० बजे उडान भरेको ३० सेकेन्डमै ६.४ किलोमिटर टाढा दुर्घटनामा परेको हो । 

एएफपीका अनुसार विमान घरमाथि खसेको थियो । जहाँ आगो लागेको थियो । 
घनाबस्ती भएको क्षेत्रमा उक्त विमान खसेको हो । 

यसअघि गत बुधबारमात्रै वाशिङ्टन डीसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किँदा सबै ६७ जनाको मृत्यु भएको अनुमान गरिएको छ । 

पोटोम्याक नदीमा खसेका जहाज र हेलिकप्टरबाट अहिलेसम्म ४० जनाको मात्र शव फेला परेको छ । 

स्थानीय सरकारले सबैको मृत्यु भएको अनुमान गरेको छ । जहाजमा चार चालक दलका सदस्यसँगै ६४ यात्रु तथा हेलिकप्टरमा ३ जना सवार थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ