-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । करिब दुई साताका लागि पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा आउने भएका छन् । यही माघ २७ गते उनी पोखरा आउन लागेका हुन् ।
उनी लामो समय पोखरा बस्नुको कारण खुलाइएको छैन तर उनी दुई साता पोखरामा रहनुलाई निकै महत्वका साथ हेरिएको छ ।
उनको स्वागतार्थ पोखरामा तयारी तीव्र बनाइएको छ । जसका लागि साविक पश्चिमाञ्चलवासीको बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकले पूर्वराजा ज्ञानेन्द्रको स्वागत भव्य बनाउने निर्णय गरेकाे बताइएको छ ।
यसअघि उनी लामो समय नेपालगञ्ज बसेका थिए । साथै भैरहवामा पनि बसे ।
गत साता उनी भारतकाे गोरखपुर पुगेर फर्केका थिए ।