arrow

ठूलो परिमाणको लागुऔषधसहित ११ जना सशस्त्रको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
apf-laguaaushad-81-10-25.jpg

रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहट तथा मातहतका युनिटहरुबाट खटिएको गस्ती टोलीले  जिल्लाको छुट्टाछुट्टै स्थानबाट 
ठूलो परिमाणमा लागुऔषधसहित ११ जना मानिसलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको निर्देशनमा सशस्त्र प्रहरीले भारतीय सीमाक्षेत्र हुँदै आउने जाने मानिसमाथि निगरानी बढाएपछि यस आर्थिक वर्षमा हालसम्म ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिस पक्राउ गर्न सफल भएको हो।

गत साउनदेखि माघ २० गतेसम्म साढे ६ महिनाको अवधिमा लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको नशालु ट्याब्लेट डाइजिपाम २२ सय ७८ ट्याब्लेट, नाइट्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु इन्जेक्सन ६०६ एमपुल, प्रोमेथआजिन नशालु इन्जेक्सन १७९८ एमपुल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहट का प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

उक्त लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्। पक्राउ परेका मानिसलाई केही लागुऔषध सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाईएको थियो।

तथा केही लागुऔषध जाँचबुझको लागि औषधि ब्यवस्था विभाग वीरगञ्ज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ