arrow

मनाङ घुम्न ४६ देशका पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
tourists-manang-2023.jpg

मनाङ । हिमपात नभएपछि यस वर्ष हिउँदमा पनि हिमाली जिल्ला मनाङ घुम्न विदेशी पर्यटक आएका छन् ।

गत जनवरीमा चिसोको प्रवाह नगरी ४६ देशका छ सय १८ पर्यटकले मनाङ भ्रमण गरे । 

चिनियाँ नयाँ वर्षमा सार्वजनिक बिदा हुने भएकाले जनवरीमा सबैभन्दा बढी छिमेकी राष्ट्र चीनका पर्यटकको आगमन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय मनाङले जनाएको छ ।

चीनका मात्रै एक सय ९९ पर्यटक यहाँ घुम्न आएका छन् ।

एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार छिमेकी मुलुक भारतका एक सय छ नागरिकले भ्रमण गरेका छन् ।

गत वर्षमा अफ सिजनमा खासै विदेशी पर्यटकको आगमन नहुने गरेकामा यस वर्ष बढ्दो क्रममा देखिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ