arrow

रारामा पर्यटक प्रहरी रहने 

logo
नृपेन्द्रबहादुर मल्ल,  
प्रकाशित २०८१ माघ २७ आइतबार
raratal-always.jpg

मुगु । रारा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सुरक्षाको लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।

नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल राराताल घुम्न आउने पर्यटकहरुको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो ।

पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छायानाथ रार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपती शाही विच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ ।

सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने र छायाँनाथ रारा नगरपालिकासँग सहकार्य र समन्वय गरी पर्यटकहरुलाई कामकाजमा खटाउने उल्लेख गरेको छ । 

छायानाथ रारा नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, बिजुली लगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नु पर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नु पर्नेछ ।

मुगुमा रहेको रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थलहरु, हिमाल, गुफा रहेका छन् । जङ्गलहरुका बीचमा रहेका यी स्थानहरुमा यहाँ आएका पर्टकहरु एग्लै घुम्न डराउने गर्छन् । अब पर्यटक प्रहरी राखिए सुरक्षाको महसुस गरी पर्यटकहरु स्वतन्त्र रुपमा यी पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्नेछन् भने पर्यटकहरुको रारा बसाइ पनि लम्बिनेछ । 

छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही भन्छन्, ‘पर्यटकहरुको बसाइ लम्बिने बित्तिकै स्थानीय जनताहरुको आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।’

पर्यटक प्रहरीलाई राख्ने स्थानको छनोट, घर, खानेपानी, बिजुली र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफूहरु लागिरहेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ