arrow

तीन समितिको बैठक सिंहदरबारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय संसदका तीन ओटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको तीनै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

 जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको समाधानको सम्बन्धमा प्राप्त सुझावहरुमाथि  छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।

 साथै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुने समितिले जनाएको छ । जुन बैठक बिहान ११ः०० बजे बोलाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ