arrow

ट्रकसँग गाडी ठोक्किँदा महाकुम्भबाट फर्किएका सात श्रद्धालुको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
Accident-sign.jpg

काठमाडौँ । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

उक्त दुर्घटना राज्यको जबलपुर जिल्लामा भएको हो ।

मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।

स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ