arrow

चिसो बढेपछि सरकारी कार्यालय र विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
iran-flag.gif
तस्बिर – फाइल ।

तेहरान । इरानले तेहरान र उसका ३१ मध्ये २० भन्दा बढी प्रान्तका विद्यालय र सरकारी कार्यालयहरू बुधबारदेखि बन्द गरेको छ।

विश्वको सबैभन्दा ठूलो तेल र ग्याँस भण्डार इरानमा विद्युत् भने  आवश्यकता अनुसार उत्पादित छैन अर्थात् यहाँ विद्युत् अभावको अवस्था रहेको छ । 

विशेष गरी, जाडोमा जब तातो माग बढ्छ इरानले आफ्नो पावर प्लान्टहरूलाई पर्याप्त ईन्धन आपूर्ति गर्न सङ्घर्ष गरिरहेको छ ।

“अत्यधिक चिसो, हिमपात र ऊर्जा खपतमा कटौती गर्नुपर्ने आवश्यकताका कारण धेरै प्रान्तमा सरकारी कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्,” इरानको मेहर समाचार संस्था (मेहर न्यूज एजेन्सी) ले जनाएको छ।

तेहरान, अल्बोर्ज, फार्स, हमादान, इस्फाहान, कुर्दिस्तान र याज्द सहित २० भन्दा बढी अन्य प्रान्तहरू बन्दले प्रभावित भएका छन् ।

मङ्गलबार राति तेहरानका विभिन्न जिल्लामा विद्युत् आपूर्ति बन्द भएको सरकारी टेलिभिजनले जनाएको छ ।

राष्ट्रिय विद्युत कम्पनी तावनीरले प्लान्टहरू सञ्चालन गर्न काम गरिरहेको जनाउँदै चरम मौसम र ईन्धनको अभावको कारण ग्यास र बिजुली खपतमा १० प्रतिशत कटौती गर्न आग्रह इरानले गरेको छ।

सरकारी टेलिभिजनका अनुसार हमादानको तापक्रम माइनस १९ डिग्री सेल्सियस (माइनस २.२ फरेनहाइट) मा झरेको छ र यो सबैभन्दा चिसो प्रान्तीय राजधानी बनेको छ ।

बुधबारको मौसम पूर्वानुमानअनुसार १३ प्रान्तमा भारी वर्षा, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ भने पहाडी भू–भागमा हिमपातको सम्भावना रहेको छ ।

तेहरानबाट करिब ३०० किलोमिटर पश्चिममा रहेको जाग्रोस पर्वतमा ६० वटा गाउँ हिउँले ढाकिएका छन् र आपूर्तिका लागि हवाई सेवा जारी रहेको तस्निम न्यूज एजेन्सीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ