काठमाडौँ । अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरेको छ । ३० औँ जनयुद्ध दिवसको दिन दीप प्रज्ज्वलन गरिएको हो ।
जनयुद्दको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै अखिल क्रान्तिकारीले दीप प्रज्ज्वलन गरेको हो ।
२०५२ साल फागुन १ गतेबाट माओवादीले थालेको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।
त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।
तर शान्ति प्रक्रिया अझै टुंगिएको छैन । माओवादीले चार पटक सरकारको नेतृत्व गरे पनि सर्वहारा वर्गको उत्थान गर्न सकेन । युवा माओवादीकै पालामा झन् बढी विदेशमा भासिन बाध्य भए ।