arrow

नेटोमा युक्रेनको प्रवेशलाई अमेरिकी अस्वीकार

रुससँगको शान्ति सम्झौतामा युक्रेनलाई नेटोको सदस्यता दिँदैनौँ - अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
usa-flag.jpg

काठमाडौँ । अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेन–रुस द्वन्द्व अन्त्य गर्न वार्ता गरिएको समाधानको रूपमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) मा युक्रेनको प्रवेशलाई अस्वीकार गरेका छन् । 

बेल्जियमको ब्रसेल्सस्थित नेटो मुख्यालयमा युक्रेन रक्षा सम्पर्क समूहको बैठकमा उद्घाटन भाषण दिँदै हेगसेथले युक्रेनको लागि सुरक्षा ग्यारेन्टी नेटो सदस्यतामार्फत प्रदान गरिनु हुँदैन भन्ने वाशिंगटनको अडान रहेको बताए । 

सचिवले युक्रेन र रुस बीचको सिमानालाई २०१४ मा रुसले क्रिमिया कब्जा गर्नु अघिको अवस्थामा फर्काउनुलाई अवास्तविक उद्देश्य भएको बताए । 

टेलिभिजन होस्टबाट रक्षा सचिव बनेका हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कीभ र मस्को बीच शान्तिको लागि पूर्ण प्रयास गरिरहेको बेला यो टिप्पणी गरेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ