नेपालकै पहिलो १००” मेगास्क्रिन टीभी अब नेपाली बजारमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २ शुक्रबार
372
Shares
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सीजीले १००” मेगास्क्रिन टीभी नेपाली बजारमा भित्र्याएको छ । फोर के क्यूएलईडी प्लस टेक्नोलोजी प्रयोग गरिएको सो टीभीको पिक ब्राइटनेस ८०० निट्सको छ । ९० प्रतिशत डीसीआई–पी३ कलर ग्यामेट सहितको टीभीमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ एचजेड रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।
कम्पनीका अनुसार सीजी ब्राण्डको टीभी नेपालकै पहिलो गुगल प्रमाणित टीभी हो र सो टीभी नेपालकै सबैभन्दा ठूलो र पहिलो १००” मेगास्क्रिन टीभी हो ।
कम्पनीका अनुसार टीभीको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ क्वाड कोर ए७३ प्रोसेसर जडान गरिएको छ । त्यसका साथै थ्री जीबी डीडीआरफोर र्याम प्लस ३२ जीबी स्टोरेज पनि छ ।
कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मद्दतले ५० प्रतिशतसम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रीको भियुइङ एङ्गल प्रदान गर्छ ।
यसमा ६० वाटको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ । जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ ।
साथै ह्याण्डस् फ्री भ्वाइस कन्ट्रोल भएको सो टीभीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ । जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
नेपालको इलेक्ट्रोनिक्स बजारमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठाका साथ, सीजी इलेक्ट्रोनिक्सले विगत ४० वर्षदेखि नेपाली जनताको जीवनलाई छुँदै र सुधार गर्दै आएको जनाएको छ ।
सीजीले फुल मेटल डिजाइनले बनेको सो टीभी घरै बसीबसी cgdigital.com.np बाट खरिद गर्न सक्ने पनि बताएको छ ।