युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ३ शनिबार
750
Shares
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघ जनकपुरका नेता अक्षय यादव पार्टी परित्याग गर्दै राष्ट्रिय एकता अभियानमा प्रवेश गरेका छन् । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले एक विशेष कार्यक्रमका बीच उनलाई स्वागत गरेका हुन् ।
अभियानमा प्रवेश गरेपछि यादवले संघीय हिन्दू गणतन्त्र नै वर्तमान नेपालको आवश्यकता भएको बताए। उनले भने, ‘देशको स्थायित्व, विकास र राष्ट्रिय एकताको लागि संघीय हिन्दू गणतन्त्र अपरिहार्य छ।’
नवप्रवेशी यादवलाई स्वागत गर्दै अध्यक्ष विनय यादवले राष्ट्रिय एकता अभियान राष्ट्रको सार्वभौमिकता र धार्मिक पहिचानको रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा अभियानका अन्य नेता तथा कार्यकर्ताको पनि उपस्थिति रहेको थियो ।
यस कदमले प्रदेश २ को राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने विश्वास गरिएको छ।