arrow

कानूनअनुसार नै पाथीभरामा केबलकार निर्माण भइरहेको हो – योगेश भट्टराई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
yogesh-bhattarai-81-11-11.jpg

काठमाडौँ । एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा कानून र संविधानअनुसार नै केबलकार निर्माण भइरहेको बताएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा उनले पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा भइरहेका गतिविधिबारे आपत्ति जनाए ।

ताप्लेजुङका सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताए । ‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमै काम अगाडि बढाएको हो’, उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ ।’

उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन थाल्यो भने विवाद निम्त्याउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ