पूर्वी नेपालमा सीजी ब्रान्डको सीजी मेरिडिया "लेभल अप" डिलर डमट
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
567
Shares
काठमाडौँ । चौधरी समूहको एक प्रमुख डिभिजन सीजी इलेक्ट्रोडनक्सले हालै कम्पनीको प्रमुख ब्रान्ड सीजीको लागि पूर्वी नेपालमा "सीजी मेरिडिया लेभल अप!" विषयवस्तुमा आधारित डिलर मिट भव्य रूपमा आयोजना गरेको छ ।
गत शुक्रबार विराटचोकस्थित होटल नेपालीरिकामा आयोजित डजत सो कार्यक्रम मूलतः नर्वप्रर्वयनमा केन्द्रित थियो । सर्लाहीदेखि कााँकडभिट्टासम्मका क्षेत्रका आफ्ना डिलरहरूलाई व्यवसायिक रणनीति, नयाँ उत्पादन शुरुआत र बजार प्रवृत्तिहरुबारे छलफल गर्न एक साथ ल्याएको थियो।
कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कार्यक्रममा सम्बोधन गरी प्रेरणादायी सन्देश दिएका थिए । उनले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न बलियो साझेदारी र सहकार्यको महत्त्वमा जोड दिए ।
उनले नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता र प्रतिबद्दतालाई प्रकाश पारेका थिए । मिटका सहभागीहरुले अन्तरक्रियात्मक सत्रहरुमा भाग लिने अवसर पाएका थिए ।
जहाँ उनीहरुले सीजीको उत्पादन लाइनअपमा भएका पछिल्ला प्रगतिहरुबारे छलफल गरे र त्यसका साथसाथै ग्राहकहरुको सन्देश भिडियो प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कम्पनीले सीजी मेरिडिया अन्तर्गत अत्याधुनिक प्रविधि र उच्च गुणस्तर मापदण्डका नयाँ उत्पादनहरु पनि प्रदर्शन गरिएको थियो । जसमा नेपालको सबैभन्दा ठूलो र पहिलो सीजी मेरिडिया क्यूएलईडी प्लस १०० इन्च मेगा स्क्रिन टेलिभिजन, नेपालको पहिलो सीजी मेरिडिया ५५ इन्च सीजी मेरिडिया क्यूएलईडी प्लस फोरके कराओके टीभी, ८ केजीको सीजी मेरिडिया नाइट सिरिज डीडी मोटर वाशिङ मेशिन, आईओटी सीजी मेरिडिया इन्भर्टर सिरिज एक टन १.५ टन एयर कन्डिसनर, ३० लिटर कन्भेक्सन माइक्रोवेभ ओभन र ३५ लिटर कन्भेक्सन विथ रोटेसेरी माइक्रोवेभ ओभनको आधिकारिक लञ्च गरेको थियो ।
व्यापारिक छलफलका अतिरिक्त कार्यक्रमले डिलरहरूको उपलब्धि र योगदानको उत्सव मनाउँदै भव्य रात्रिभोजका साथ सम्पन्न गरेको थियो ।
कम्पनीका अनुसार सीजीले आफ्ना ग्राहकहरूलाई असाधारण उत्पादनहरू र सेर्वाहरू प्रदान गर्न र आफ्ना डिलरहरूसँग सधै बलियो सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन भविष्यमा यस्तै कार्यक्रमहरू आयोजना गर्ने जानकारी दिएको छ ।