arrow

भन्सारमा रहेका लिलामीका सामानहरूको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
dhurba-bahadur-pradhan_nawalparasi-2-rpp-mp-2079-2022.jpg

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरूको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले चोरी पैठारी गरि ल्याइएको समानहरू लामो समयसम्म पनि लिलामी गर्न नसक्दा राज्यले करोडौँको राजश्व गुमाउनु परेको बताए । 

उनले भने, ‘नेपालभरिका भन्सार कार्यालयमा चोरी पैठारीबाट बरामद गरेका सामानहरूको नेपाल सरकार अर्थ मन्त्रालयले व्यवस्थापन गरेमा राजश्व क्षतिबाट जोगिने अवस्था हुन्छ । त्यो व्यवस्थापन गर्ने सन्दर्भमा सबैले पुरस्कार बनाउने व्यवस्था पनि हुनसक्छ ।’ 


उनले देशभरका भन्सार कार्यालयमा बरामद सामानको समयमै व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ