प्रकृतिको निधनमा परिवारलाई श्रद्धाञ्जलि दिने स्वर्णिम वाग्लेको शब्द सच्याउन सभामुखको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १२ सोमबार
2.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ८ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।
सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिए । उनले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिए ।
खतिवडाले भने, ‘प्रकृतिको दुःखद निधन भयो । संसद्मा कुरा उठ्यो । हामी सबैले उहाँ बहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्यौं । ८ गते बसेको बैठकमा माननीय स्वर्णिय वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जलि दिनुभयो । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दछु ।’