काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका छन् । केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ।
मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पूजाअर्चनापछि उनी फर्किने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले पोखराबाट दिएको भिडियो सन्देश अहिले चर्चामा छ ।
उनले आफ्नो परिवारको धैर्यतालाई कमजोर नआँक्न चेतावनी दिँदै आफूले शुरु गर्ने कदमलाई साथ दिन उनले आह्वान गरेका थिए । जसलाई लिएर अहिले नेपाली समाज दुई कित्तामा विभाजित भएको छ ।
स्याङ्जामा उनका समर्थकले राजा आउ देश बचाउ भन्दै नाराबाजी गरेका थिए ।