arrow

सहकारीमा श्रोत नखोजिँदा नेपाल 'ग्रे लिस्ट'मा पर्‍यो- उदयशमशेर जबरा [भिडियो]

सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत कहाँबाट आयो भन्ने खोजिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
udhaya-shamser-jabara-081.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.उदय शमशेर जबराले सहकारीको समस्याका कारण नेपाल 'ग्रे लिस्ट'मा परेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई 'ग्रे लिस्ट'मा राखेको भन्दै नेपाललाई 'ग्रे लिस्ट'मा राखेको मुख्य कारण सहकारी रहेको जिकिर गरे । उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत नखोजिने कारण पनि यी समस्या बढेको बताए । 

उनले भने, ‘फाइनान्सियल एक्शन टास्क फोर्सले नेपाललाई 'ग्रे लिस्ट'मा राखेको छ । विशेष गरेर मनि लाउण्डरिङ र सम्पत्ति शुद्धीकरणको विषय केन्द्रित हो । नेपाललाई 'ग्रे लिस्ट'मा राखेको मुख्य कारण सहकारीको कारण हो । सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको श्रोत कहाँबाट आयो भन्ने खोजिँदैन । त्यसैले अब यो सरकारले हाम्रो सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपरेको छ । अहिले हामीले नेपालमा बैङ्कलाई कसी कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो ।’
उनले सहकारीलाई नियमन गर्नको निम्ति पनि सरकारले क्षमता बढाउन जरुरी रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ