arrow

महाशिवरात्रि

राष्ट्रपतिले गरे पशुपतिनाथको पूजा आराधना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
rastrapati-pasupati.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजा,आराधना गरेका छन् । बुधबार महाशिवरात्रिको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगेर दर्शन गरेका हुन् । 

पशुपतिनाथको पूजाआराधनाका साथै उनले प्रसाद ग्रहण समेत गरे । शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्दछन् । 

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वकालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । 

फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । 

आज देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव,कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ