arrow

सत्ता सञ्चालन र पछिल्ला घटनाक्रममा गम्भीर छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
oli-deuba-81-5-1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, गृहमन्त्री रमेश लेखक उपस्थित हुँदैछन् । त्यस्तै जेनेभाबाट फर्केसँगै परराष्ट्र मन्त्री डा आरजू राणा देउवा पनि बैठकमा उपस्थित हुनेछिन् ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रिय सभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि उक्त अध्यादेश अघि बढ्न सकेको छैन ।

सत्ता सञ्चालन सँगसँगै संसदमासमेत गठबन्धनले अप्ठेरो महसुस गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ