बोरिङ गर्दा ग्यास निस्किएर लागेको आगो नियन्त्रणमा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
738
Shares
काठमाडौँ । ललितपुरको टिकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहान करिब साढे ८ बाट सुरू भएको आगो नियन्त्रण गरिएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ । पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए ।
करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको बताइएको छ ।