arrow

प्रतिनिधि सभामा आज अध्यादेश पेश गरिँदै, यस्तो छ कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
parliament-building-new-ban.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेदेखि शुरु हुने भएको छ । 

बैठकमा सरकारले यसअघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतिका लागि पेश हुने संघीय संसदले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सरकारले यसअघि जारी गरिएको भूमि सम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने भएको हो ।

सरकारमा रहेका सत्तारुढ दलहरुबीच सोमबार साँझ भूमि सम्बन्धी अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृति गराउने सहमति भए बमोजिम संसदमा आज यी अध्यादेशहरु स्वीकृतिका लागि पेश हुने भएका हुन् ।

यसका लागि सत्ताधारी दलहरुले आफ्नो दलका सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीपसमेत जारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ