प्रधानमन्त्री र एमालेलाई प्रश्न मन पर्दैन – शिव नेपाली
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
3.4k
Shares
काठमाडौँ । सांसद शिव नेपालीले प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई प्रश्न मन नपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको संसदको पास निलम्बन गरिएको र दशरथ रंगशालामा एमाले कार्यकर्ताबाट दर्शक कुटिएको बताए ।
उनले प्रधानमन्त्री र एमालेलाई लोकतन्त्र मन नपर्ने बताए । उनले भने, ‘किनकि उहाँलाई प्रश्न मन पर्दैन ।’
रंगशालामा पनि एमाले कार्यकर्ताले दर्शक कुटेको भन्दै उनले भने, ‘एमालेलाई प्रश्न मन पर्दैन ।’