आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
877
Shares
काठमाडौँ । प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’ स्वीकृत भएको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो । त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरे ।
उक्त प्रस्ताव बहुमतले पारित भएको छ । यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ ।