बुद्ध एयरको जहाज पाङ्ग्राबिनै अवतरण, जाँचबुझ आयोग गठन गर्न संसद्मा माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
822
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गरेका छन् ।
बिहीबार अपराह्न जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ । उक्त जहाजमा ६२ यात्रु थिए । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद सिंहले यस्तो माग गरेका हुन् ।
उनले भने, ‘बुद्ध एअरको पाङ्ग्रा खसेको थियो । र काठमाडौंमा एउटा पाङ्ग्रा मात्रै ल्यान्ड गर्यो । यसको विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गरियोस् ।’