arrow

प्रतिकूल मौसमबीच राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम जारी, सुरक्षा कडा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
xking-rajabadi-security-(9).jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजावादीहरु पुग्ने क्रम शुरु भएको छ । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् ।

पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि विमानस्थल जाने भएका छन् । त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ(संस्थाहरुले नागरिकहरुलाई स्वागतमा भेला हुन आव्हान गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

राजावादीहरु दिउँसो ३ बजे पूर्वराजा आउने आशामा विमानस्थलमा पुगेका भए पनि मौसम भने खासै साथ दिने खालको नभएकाले पोखराबाट काठमाडौँ आउन ढिलाइ हुन सक्ने अनुमान भइरहेको छ । 

xking-rajabadi-security (1).jpg
xking-rajabadi-security (2).jpg
xking-rajabadi-security (3).jpg
xking-rajabadi-security (4).jpg
xking-rajabadi-security (5).jpg
xking-rajabadi-security (6).jpg
xking-rajabadi-security (7).jpg
xking-rajabadi-security (8).jpg
xking-rajabadi-security (9).jpg
xking-rajabadi-security (10).jpg
xking-rajabadi-security (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ