काठमाडौँ । प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा एक सांसद घाइते भएकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।
बैठकको विशेष समयमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।
सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।