arrow

कमर्स क्याम्पसको स्ववियु सभापतिमा ओलीको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
rabin-oli-ncc-nsu.jpg

काठमाडौँ । नेपाल कमर्स क्याम्पस, मीनभवनमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट रविन ओलीले उम्मेदवारी दिएका छन् । 

सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–११ का ओली हाल एमबीएस अन्तिम सत्रका विद्यार्थी हुन् । काठमाडौँका क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार हुने कर्णालीका विद्यार्थी नेतामध्ये ओली दोस्रो नेता हुन् । 

यसअघि २०५३ सालमा दैलेखका राजेशकुमार शाही त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार भएका थिए । विद्यार्थीहरूको हकहितका विषयलाई आफ्नो प्राथमिकतामा राख्दै उनले निर्वाचनको मैदानमा आफूलाई प्रस्तुत गरेका छन् । 

नेपाल कमर्स क्याम्पस व्यवस्थापन संकायअन्तर्गत देशकै सबैभन्दा ठूलो क्याम्पस मानिन्छ। यहाँ १६ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई विद्यार्थी समुदायले उत्सुकताका साथ हेरिरहेका छन् ।

यस क्याम्पसमा अघिल्ला वर्षहरुमा नेविसंघभित्र बागी उम्मेदवारी दिने प्रवृत्ति देखिँदै आएकोमा यसपटक भने एकताबद्ध रूपमा उम्मेदवारी दिइएकोले उनको टिमले जित्ने निश्चित भएको दाबी गरिएको छ। 

यसले रविन ओलीको राजनीतिक नेतृत्व क्षमता, चातुर्यता, र विद्यार्थीहरूबीचको लोकप्रियता झल्काएको छ।

स्ववियु निर्वाचन चैत्र ५ गते सम्पन्न हुने कार्यतालिका रहेको छ। रविन ओलीले आफ्नो उम्मेदवारीलाई प्रभावकारी बनाउन र विद्यार्थीहरूको विश्वास जित्न निरन्तर सम्पर्क, छलफल, र भेटघाटलाई तीव्र बनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ