आयुर्वेद क्याम्पसमा तीन दलीय गठबन्धनविरुद्ध नेविसंघको एकल भिडन्त
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
544
Shares
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आङ्गिक क्याम्पस आयुर्वेद क्याम्पस कीर्तिपुरमा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी सङ्घको तर्फबाट निशान अर्यालको उम्मेदवारी परेको छ।
सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल र प्रत्यक्ष सदस्यहरूमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेललाई नेविसंघले उम्मेदवार बनाएको छ।
आयुर्वेद क्याम्पसमा नेविसंघसँग प्रतिस्पर्धा गर्न अनेरास्ववियु, अनेरास्ववियु र अखिल क्रान्तिकारी संगठनले चुनावी तालमेल गरेका छन् । आयुर्वेद क्याम्पसमा भएका पछिल्ला तीन स्ववियु चुनावमा नेविसंघको प्यानल नै विजय भएको थियो ।