arrow

माओवादी केन्द्रीय कार्यालयमा शिक्षकको धर्ना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
teacher-moist-office.jpg

काठमाडौँ । शिक्षक महासङ्घले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ । शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासङ्घले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको हो । 

अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए । 

धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी शिक्षकहरूको छ । 

सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ