arrow

देशको स्थिरताका लागि तीन खम्बे राजनीति आवश्यक - डा. लोहनी [भिडियो]

संवैधानिक राजसंस्था, जनताको सर्वोच्चता र हिन्दु राष्ट्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
lohani-12-01.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यक भएको बताएका छन् । उनले संवैधानिक राजसंस्था, जनताको सर्वोच्चतासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको तीन खम्बे राजनीति व्यवस्था चाहिएको बताए । उनले राजनीतिक दलहरूले जनताका नाममा जनताकै शोषण गरेकाले वर्तमान राजनीतिक प्रणालीमाथि आवाज उठेको जिकिर गरे । उनले वर्तमान सरकारले संविधानको दुरुपयोग गरेर संविधान विरोधी कार्य गरेको आरोप लगाए ।

उनले भने, ‘नेपालमा प्रजातन्त्रको नाममा प्रजातन्त्रमाथि प्रहार भयो, जनताको नाममा जनताको शोषण गरियो, त्यसको विरुद्धमा आवाज उठेको छ । यो संविधानको दुरुपयोग गरेर जसरी संविधानको विपरीत जान खोजिएको छ त्यसको विरुद्धमा आवाज उठेको छ । त्यो आवाजको एउटा कुरा अब परिवर्तन नगरी हुँदैन । पहिला पहिला नेपालमा दुई खम्बे राजनीति भन्ने थियो । संविधानभित्रको राजसंस्था र प्रजातन्त्र । अब हामी भन्छौँ नेपालमा तीन खम्बे राजनीति आवश्यक भइसकेको छ । देशलाई संविधान भित्रको राजसंस्था चाहिएको छ, भविभावकको भूमिका खेल्ने र बहुलबाटमा आधारित जनताको सर्वोच्चसहितको प्रजातान्त्रिक व्यवस्था चाहिएको छ । नेपालको पहिचान स्वधर्म सहभाव विश्वमा हिन्दु राष्ट्रको पहिचान पनि चाहिएको छ । देशमा स्थिरताका लागि, अगाडी बढाउनका लागि र नयाँ परिवर्तनका लागि यी तीन वटा खम्बा आवश्यक भइसकेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ