arrow

सरकार आफैँले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी

सरकार जिम्मेवारीबाट च्युत भएकाले राजावादीहरू व्यवस्थाविरुद्ध लागे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
bimaladevis.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु असफल सिद्ध भइसकेको टिप्पणी गरेकी छन्  । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवेदीले सरकार आफैँले गरेको मूल्याङ्कनमा फेल भएको टिप्पणी गरेकी हुन् । उनले सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको आरोप समेत लगाइन् । 

उनले सरकार विद्युत् प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको र केबलकार निर्माणका विषयमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जी उडाइरहेको तथा व्यापारीको पक्षपोषण गरिरहेको आरोप लगाइन् । उनले सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा छानबिन नगरी सत्ताको चरम दुरुपयोग गरिएको बताइन् । आफ्नालाई छानी छानी जोगाउन र विपक्षीलाई तानितानी फसाउने सरकारको हर्कतका कारण नागरिकहरूमा निराशा छाएको टिप्पणी गरिन् । 

उनले भनिन्, ‘रातारात गठन गरेर मुलुकलाई रामराज्य बनाउन लागेको सरकार आफैँले गरेको मूल्याङ्कनमा फेल भएको छ । प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू असफल सिद्ध भएका छन् । सरकार आफ्नो जिम्मेवारीबाट च्युत भएको छ । विद्युत् प्राधिकरणको कर्मचारीको पछिपछि दौडिरहेको छ । ताप्लेजुङको मुकुम्लुङमा आन्दोलन गरिरहेका पक्षलाई दमन गरेर मानव अधिकारको धज्जी उडाएको छ र व्यापारिको पक्षपोषणमा उद्धत भइरहेको छ । आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गर्न लागिरहेको छैन । सरकारमा रहेका नेता र तिनका परिवार जोडिएका काण्डहरूमा कुनै छानबिन हुँदैन । सहकारी ठगी र मानव बेचबिखनमा जोडिएको सर्लङ्ग हुँदाहुँदै पनि अनुसन्धान गरिँदैन । सत्ताको दुरुपयोग गरि जोगाइन्छ । आफ्नालाई छानी छानी जोगाउन र विपक्षीलाई तानी तानी फसाउने हर्कतका कारण नागरिकहरूमा निराशा छाएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ