arrow

भोलि स्ववियु चुनाव, पिकेमा नेविसंघकी आधिकारिक उम्मेदवार ऐर [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
tu-student-election-always.jpg

काठमाडौँ । भोलि मंगलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । 

यसका लागि तयारी पूरा हुने क्रममा रहेको क्याम्पसहरुले जनाएका छन् । केही क्याम्पसमा निर्विरोध भइसकेका छन् भने केही क्याम्पसमा आन्तरिक विवादले मंगलबार निर्वाचन हुने छैन । 

सो क्रममा मंगलबार पद्मकन्या क्याम्पस (पिके) को निर्वाचन पनि हुँदैछ । तर त्यहाँ नेपाल विद्यार्थी संघ (नेविसंघ) मा भने आधिकारिक उम्मेदवारबारे परेको दाबी विरोधको केन्द्रीय कार्यालयबाटै स्पष्ट पार्नु परेको छ । 

पद्मकन्या क्याम्पस बागबजारका निर्वाचन अधिकृतलाई पत्र लेखी नेविसंघले आधिकारिक उम्मेदवार भुपी ऐर रहेको स्पष्ट पारेको छ । 

स्ववियु सभापतिमा नेविसंघबाट भूपीसँगै पूर्णिमाया परियारले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ