भोलि स्ववियु चुनाव, पिकेमा नेविसंघकी आधिकारिक उम्मेदवार ऐर [पत्रसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
568
Shares
काठमाडौँ । भोलि मंगलबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ ।
यसका लागि तयारी पूरा हुने क्रममा रहेको क्याम्पसहरुले जनाएका छन् । केही क्याम्पसमा निर्विरोध भइसकेका छन् भने केही क्याम्पसमा आन्तरिक विवादले मंगलबार निर्वाचन हुने छैन ।
सो क्रममा मंगलबार पद्मकन्या क्याम्पस (पिके) को निर्वाचन पनि हुँदैछ । तर त्यहाँ नेपाल विद्यार्थी संघ (नेविसंघ) मा भने आधिकारिक उम्मेदवारबारे परेको दाबी विरोधको केन्द्रीय कार्यालयबाटै स्पष्ट पार्नु परेको छ ।
पद्मकन्या क्याम्पस बागबजारका निर्वाचन अधिकृतलाई पत्र लेखी नेविसंघले आधिकारिक उम्मेदवार भुपी ऐर रहेको स्पष्ट पारेको छ ।