arrow

काउन्टर राजतन्त्रमाथि

विगतका राजा महाराजामाथि प्रचण्डको गम्भीर आरोप [भिडियो]

त्यो कालरात्रि फेरि फर्काउन हामी दिँदैनौँ, सरकारमा जाने कुनै नीति लिएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
prachanda-12-05.jpg

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतका राजा-महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रूपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका राजा-महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? दरबार हत्या काण्ड कसले कसरी गरेको हो भन्ने कुरा युवालाई बुझाउन जरुरी रहेको बताए ।

उनले अरू सबै कुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताए । उनले राजावादीहरूले गरेको प्रदर्शन संविधान विपरीत भएको उल्लेख गरे । 

अध्यक्ष दाहालले भने, ‘राजनीतिक सिस्टम, राजनीतिक मान्यता परिवर्तन गर्न सकिन्छ । परिस्थिति र जनताको चाहनाअनुसार । तर एउटा चिज परिवर्तन गर्न सकिँदैन । राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता र जनतामा गएको सार्वभौम सत्ता परिवर्तन गर्न सकिँदैन । सार्वभौम सत्ता यसअघि व्यक्ति र वंशमा आधारित थियो । नेपाली जनतामा गएको सार्वभौम सत्ता परिवर्तन हुन सक्दैन । अहिले तथाकथित राजावादीहरूले जे गरेका छन् त्यो संविधान विपरीत काम हो । जनताको सार्वभौम सत्ता खोस्नेतिर गएका छन् । जनतालाई फेरि रैती बनाउने उद्देश्यले प्रेरित छ । त्यसलाई कुनै हालतमा सफल हुन दिइनेछैन । त्यो फेरि कालरात्रि फर्काउन हामी दिँदैनौँ । हामीले आफ्ना छोराछोरी र पुस्तालाई हिजो के भएको थियो कोत पर्व, भण्डारखाल पर्व किन भएको थियो । सयौँ भारदारहरूको हत्या कसरी गरिएको थियो । नेपालको नक्सालाई नक्सालाई सङ्कुचित बनाउने काम दरबारीया राजाहरूले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा, महाराजाहरू अन्तर्राष्ट्रिय रूपमा वेश्यालयहरू गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए ? यहीँ अस्ति भर्खरै कोतकलामा तिमीहरूको राजाहरूले बेइज्जत नै गरे छिटो फर्काऊ भन्नुपर्ने स्तर कसले गरेको थियो, दरबार हत्या काण्ड कसले कसरी गरेको हो यो युवालाई बुझाउनुपर्छ ।’

अध्यक्ष दाहालले कांग्रेस—एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरूले सरकारमा जाने कुनै नीति नलिएको बताए ।

देशमा सङ्कट आएको खण्डमा सङ्कट समाधानका लागि आफूहरूले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने जिकिर गरे । सरकारमा जाने बारेमा औपचारिक कुरा कसैसँग नभएको बताए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरूमा छलफल भएको भए पनि सरकार बनाउने भन्ने बारेमा कुनै छलफल नभएको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ